![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/01/aajapa_1u4MT7Td3O.jpg?fit=958%2C421&ssl=1)
२७ पुस,वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।
आजपाको मधेश प्रदेशको पदाधिकारीहरुको रौतहटको चन्द्रनिगाहपुरमा बसेको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय भएको आम जनता पार्टीका प्रवक्ता चन्द्रभूषण साहले बताए ।
यस्तै माघ १० गते मधेश प्रदेशका प्रत्येक जिल्लामा मसाल जुलुस निकाल्ने तयारी समेत आजपाको छ ।
मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउने लगायतका माग राख्दै आजपाले संघर्षका कार्यक्रमहरु गर्दै आएको छ ।