Logo

२७ पुस,वीरगञ्ज । बारा प्रहरीले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरु बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार सिम्रौनगढबाट कपडा बरामद गरिएको हो । बारा प्रहरीले ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पीस, सुती साडी २६ पीस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको हो ।

बरामद भन्सार छलीका लत्ताकपडाहरु आवश्यक कारबाहीको सम्बनिधत निकायमा पठाइएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार