Logo

२७ पुस,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नंं.३ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी सस्थांको अध्यक्षमा मिन बहादुर भण्डारी बिजयी हुनुभएको छ ।

अध्यक्ष पदको लागि आज भएको निर्वाचनमा तोयनाथ पौडेललाई पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । भण्डारीले दुई सय मत पाएका छन्् । भने उनका निकटम प्रतिद्वन्द्वी पौडेलले एक सय २० मत मात्र पाए । चार सय ५८ सेयर सदस्यले मतदाता रहेकोमा तीन सय २१ मत खसेको थियो ।

यस्तै एक मत बदर भएको निर्वाचन अधिकृत रोशन तिवारीले जनाए । बुधबार भएको दुग्ध उत्पादक सहकारीको १७ औं साधारणसभाको बन्द सत्रबाट अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि आज मतदान प्रक्रियाबाट अध्यक्ष पद चयन गरिएको हो ।

भण्डारीलाई चुनाव चिन्ह गाई दिइएको थियो । भने पौडेललाई भैसीँ चिन्ह प्रदान दिइएको थियो । निर्वाचन अधिकृत तिवारीका अनुसार आजै सर्वसहमति रुपले तीन सदस्सीय लेखा समिती समेत चयन भएको छ । जसमा रामु अगस्ती, टन्क बहादुर क्षेत्री, समिक्षा मिश्रा रहेका छन् ।

बुधबारको साधारणसभाको बन्द सत्रबाट कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन भईसकेका छन् ।


सम्बन्धित समाचार