Logo

२८ पुस,वीरगञ्ज । बीरगञ्ज महानगरपालिको वडा नम्बर २५ मा ज्येष्ठ नागरिकहरुको लागि सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

बीरगञ्ज महानगरपालिकाको सहयोगमा वडास्तरी बजेटबाट २६३ जना ज्येष्ठ नागरिकलाई गम्छा ओढाएर सम्मान गरिएको हो ।

कार्याक्रममा ज्येष्ठ नागरिकहरुका लागि कम्बल र झुल समेत वितरण गरिएको थियो । वडाध्यक्ष आषुतोष चतुर्वेदीले एक कार्यक्रमबीच वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् ।

जाडोबाट केहि राहत पु¥याउने उद्देश्यले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडासहित सामान वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार