Logo

२८ पुस,वीरगञ्ज । बारा प्रहरीले करिब ६ लाख मूल्य बराबरको चामल नियन्त्रणमा लिएको छ ।

बाराको पथलैयाबाट खटिएको प्रहरी टोलीले गरेको जाँचका क्रममा ७ हजार किलो चामलसहित मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

भिसिटिएस बिलमा परिमाण र मूल्य फरक रहेकोले पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ गरिएका चामलसहित मिनि ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनायो ।


सम्बन्धित समाचार