Logo

२८ पुस,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नंं २५ ड्राईपोर्टस्थितको बिन्दबासीनी  बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको १० औँ वार्षिक साधारण सभा बाटिका होटलमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मनु पटेलको सभापतित्वमा भएको कार्याक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पानसमा बत्ती बालेर उद्धघाटन गर्नुभएको हो ।

कार्याक्रममा बोल्दै वनमन्त्री कुर्मीले सहकारीलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरिब जनताको जीवनस्तर उकास्न सहकारीको भुमिका अहम हुने बताउनुहुँदै सहकारीलाई सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्याक्रममा विशिष्ट अतिथिहरु जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.पर्साका अध्यक्ष राजेश पण्डित, जिपि फाउडेशनका मधेश प्रदेश अध्यक्ष तथा नेपाली काग्रेंस क्षेत्रिय सभापति महम्मद सहाबुद्दिनको उपस्थिती थियो ।

यसैगरि अतिथिहरुमा नेफस्कुन फिल्ड कार्यालय वीरगञ्जका प्रबन्धक गौतम कुमार साह, लालीगुराँस साकोसका प्रबन्धक श्रीकान्त पटेल लगायतको सहभागिता थियो । कार्याक्रममा संस्थाका अध्यक्षले ३ करोडको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

स्वागत मन्तव्य संस्थाका प्रबन्धक बिटु पटेलले गरेका कार्याक्रमको सञ्चालन प्रदिप कुमार साहले गर्नुभएको हो ।


सम्बन्धित समाचार