Logo

२८ पुस,सिम्रौनगढ । बाराको सिम्रौनगढ सशस्त्र क्याम्प बीओपी गोलागन्जको प्राङगणमा कुखुराको चल्ला नष्ट पारिएको छ ।

सिम्रौनगढ–९ स्थित अमरपुर टोल नजिक नाकाबाट कुखुराका चल्ला बरामद गरिएको थियो । भारतबाट अवैध रुपले नेपाल भित्राइएको कुखुराको चल्ला सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । साईकलमा राखेर एक हजार कुखुराको चल्ला ल्याउदैँ गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्कर कुखुराको चल्ला छाडी फरार भएका थिए ।

बरामद चल्लाहरु स्थानीय जनप्रतिनिधी, कर्मचारी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार