Logo

२९ पुस,वीरगञ्ज । झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा बाराबाट एकजना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरीमा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । मण्डल केही समयदेखी झारफुक गर्ने काम गर्दै आएकोमा बालिका उनी कहाँ झारफुक गराउन आएको बेला मण्डलले जबरजस्तीकरणी गरेको आरोप उनीमाथि छ ।

पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको डिएसपी न्यौपानेले बताए ।


सम्बन्धित समाचार