Logo

फाइल तस्विर

१ माघ, काठमाडाैं  । झन्डै डेढ महिनाको अन्तरालपछि देशका विभिन्न स्थानमा हिउँदे वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र बंगलादेशको दक्षिण आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आजदेखि कम्तीमा ३ दिनसम्म नेपालका विभिन्न स्थानमा पानी तथा हिउँ पर्ने सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जानकारी दिए।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छौं’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘आजदेखि ३ दिन अर्थात् बुधबारसम्मै देशका विशेषगरी पहाडी भेगमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना देखिएको छ।’

मौसमविद् पुडासैनीका अनुसार गत डिसेम्बर ५ तारिख ९मंसिर १९० यता नेपालका कुनै पनि स्थानमा पानी परेको थिएन। ‘अलि लामै समयको ग्यापपछि हिउँदे वर्षा हुन लागेको हो’, उनले भने।

आज केही प्रदेशका पहाडी क्षेत्रमा पानी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तर यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तर यस क्रममा राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तो छ तीन दिनको मौसम अनुमान

माघ १ गते

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २ गते

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ ३ गते

दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


सम्बन्धित समाचार