Logo

१ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी नेशनल इन्फोटेक कप क्रिकेट–२०८० मा आजपनि दुई खेल सम्पन्न भएका छन् । आज नेशनल इन्फोटेक र सेन्ट जेभियर्स तथा नेशनल एकेडेमी र हेटौँडा स्कुलबिचको खेल सम्पन्न भएको हो ।

नारायणी क्रिकेट रंगशालामा भएको खेलमा नेशनल इन्फोटेक र हेटौँडा स्कुल बिजयी भएका छन् । आज भएको पहिलो खेलमा नेशनल इन्फोटेक बिजयी भएको छ । नेशनल इन्फोटेकले सेन्ट जेभियर्सलाई ९१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको नेशनल इन्फोटेकले १२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २६ रन बनायो । जवाफी ब्याटिङ गरेको सेन्ट जेभियर्स ११ ओभरमै पूरै विकेट गुमाएर ३७ रनमै रोकियो ।

खेलमा नेशनल इन्फोटेकका तर्फबाट सफवान अली म्यान अफ दि म्याच घोषित भएका छन् ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा हेटौँडा स्कुल बिजयी भएको थियो । हेटौँडाले नेशनल एकेडेमीलाई २ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको नेशनल एकेडेमीले पूरै ओभर खेलेर ७ विकेटको क्षतीमा १ सय ९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको हेटौँडा नेशनल एकेडेमीले दिएको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर भेट्टाउन सफल भयो ।

खेलमा हेटौँडा स्कुलका राजा अहमद म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार