Logo

१ माघ, बारा । माघी पर्बको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ११ खैर्वा खेल मैदानमा थारु माघी ९तिला संक्रान्त० संस्कृति उत्सवको आयोजना गरिएको छ ।

हिजो देखि सुरु भएको उत्सव आज समापन हुनेछ । महोत्सवमा झुमरा, झुमटा, पुर्वी, लगनी, विरहनी, सोहर गीत, हरफरौरी, सामाचकेवा, घाटो, जाट जाटीन, स्टिक र ठकारा नृत्यु प्रस्तुत भईरहेको आयोजक समितिका अध्यक्ष अनिल चौधरीले जानकारी दिनुभयो ।

उत्सवमा आयोजक लगायत कलाकारहरु थारु भेषभुषामा सजिएको देखिन्छ ।थारु कलाकार खेम चौधरी, राजीव चौधरी, सगुन चौधरी र सुनिल विश्वकर्माले उत्सवमा प्रस्तुति दिईरहेका छन् ।कार्यक्रमको कुल अनुमानित लागत आठ लाख पाँच हजार रहेको अध्यक्ष चौधरीले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ११ को कार्यालयको मुख्य सहयोग र थारु कल्याणकारिणी सभाको संरक्षकत्वमा महोत्सव आयोजना भएको हो । माघी उत्सवको उद्घाटन मधेश प्रदेश सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार