Logo

१ माघ, जनकपुर । माघे संक्रान्तिको अवसरमा जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ । जनकपुरधाम स्थित जानकी चोकस्थित अंगराज सर सागर )अरगज्जा) पोखरीको डिलमा सामुहिक खिचडी भोजको आयोजना गरिएको हो ।

जानकी यूवा क्लबको आयोजनामा विगत १२ वर्षदेखि खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए । धार्मिक सांस्कृतिक तथा यूवाहरु बीचमा हुनुपर्ने भाईचाराको सम्बन्धलाई जोगाउनका लागि माघे संक्रान्तिको अवसरमा सामुहिक भोजको आयोजन हुँदै आएको उनले बताए ।

यस खिचडी भोजमा मिथिला संस्कृतिको जगेर्नासंगै विस्तारको लागि यस भोजलाई विगत १२ वर्षदेखि निरन्तरता दिदैँ आएको स्थानीय किसन मण्डलले बताए ।
यस भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यू, तीललाईलगायतका परिकारको व्यवस्था गरिएको थियो ।

यस सामुहिक भोजमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, स्थानीय उद्योगी, व्यवसायी, स्थानीय सञ्चारकर्मी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार