Logo

२ माघ,वीरगञ्ज । राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौँको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा छड्के अनुगमन गरेको छ ।

केन्द्रका उपसचिवको नेतृत्वमा आइपुगेको टोलीले कार्यालयमा आज छड्के अनुगमन गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार टोलीले आज कार्यालयको विभिन्न शाखामा अनुगमन गरेको हो ।

सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह, कर्मचारीहरुको हाजिरी, पोशाक, काममा हुने ढिला सुस्ती, अनियमितता लगायतका विषयमा छानबिन गर्न टोली पर्सा जिल्ला आएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार टोलीले जिल्लाका विभिन्न सरकारी निकायहरुबाट हुने कामकारवाही बारे जानकारी लिने छ ।


सम्बन्धित समाचार