Logo

४ माघ,वीरगञ्ज । रौतहटबाट प्रहरीले २ सय ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

लामो समय देखि फरारको सूचीमा रहेका २८० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भइसकेर पनि फरारको सूचीका उनीहरूलाई पक्राउ गरिएको रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म पक्राऊ गरिएको एसपी श्रेष्ठले बताउनुभयो ।

कर्तव्य ज्यान, डाँका, चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार