Logo

४ माघ,वीरगञ्ज । पर्सा जिल्लामा प्याब्सन जुनियर नकआउट फुटबल तथा अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट–२०८० हुने भएको छ । निजी तथा आवासीय विधालय अर्गनाइजेशन नेपाल वीरगञ्ज पर्साको आयोजनामा ८ औँ क्रिकेट तथा फुटबल टुर्नामेन्ट हुने भएको हो ।

वार्षिक क्यालेन्डर अनुसार प्याब्सनले हरेक वर्षझै यसवर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । आयोजकले आज वीरगञ्जको होटल भिस्वामा पत्रकार सम्मेलनको आयोजना गरि यसबारेमा जानकारी गराएको हो ।

प्याब्सन पर्साका अध्यक्ष आलोकुमार चौरसियाका अनुसार टुर्नामेन्ट अन्र्तगत माघ ६ गतेदेखि नारायणी क्रिकेट रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा जिल्लाभरिका ३० वटा विद्यालयहरुको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ७ लाख ८२ हजार ४५० मूल्य बजेट छुट्याइएको उनले बताए ।

यस्तै माघ ७ गतेदेखि जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा फुटबल प्रतियोगिता हुने अध्यक्ष चौरसियाको भनाइ छ । प्रतियोगितामा जिल्लाभरिका २४ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । कुल ४ लाख ६३ हजार ३६० रुपैँयाको कुल बजेटमा प्रतियोगिताका हुनेछ ।


सम्बन्धित समाचार