Logo

४ माघ,वीरगञ्ज । बाराबाट ८७ लाख भन्दा बढी रुपैयाँ बराबरको पोटास खाद बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले ८७ लाख ३६ हजार रुपैयाँ बराबरको ‘किसान ट्रेर्डस इण्डिया कम्पनी’को पोटास खाद बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले चलाएको छड्के चेकिङ्गमा सिमरा उपमहानगरपालिकाको पथलैयाबाट कर छलीका पोटाससहित ट्रक पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट पोटास लोड गरी राजविराज, विराटनगर, वृतामोडतर्फ जाँदै गरेका १३ वटा ट्रकलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
प्रहरीको विशेष टोलीले पथलैयाबाट ना ५ ख २९८७, ना ८ ख ८५२२, ना ८ ख १८४५, ना ६ ख ७३११, ना ५ ख ५४०७, ना ५ ख ३३३, ना ७ ख १९६३, ना ५ ख ७७८६, ना ६ख ३८३४, ना ७ ख९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७ र ना ७ ख ९८५२ नम्बरको ट्रकहरु नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका सबै ट्रकमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले बतायो ।


सम्बन्धित समाचार