Logo

४ माघ,काठमाडौँ । प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा घातक हतियारको प्रयोगसम्बन्धी रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश कुमार चुडालको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो।

रिट निवेदनको टुंगो नलाग्दासम्म निहत्था नागरिकमाथि प्राण घातक हतियारको प्रयोग नगर्न÷नगराउन भनी निवेदकको माग अनुसारको अन्तरिम आदेश दिन भने इजलासले अस्वीकार गरेको छ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भीड नियन्त्रणका लागि अत्याधिक बल प्रयोग तथा हिंसात्मक साधनको प्रयोगलाई बर्जित गर्न माग गर्दै रिट दायर गरेका थिए।


सम्बन्धित समाचार