Logo

४ माघ,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका मेयरलाई धम्की दिएको आरोपमा पक्राउ परेका गिरी रिहा भएका छन् ।

मेयर विनोद साहलाई धम्की दिएको आरोपमा पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई आज प्रहरीले पक्राउ गरेको थियो ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेका अनुसार गिरिलाई सम्झाई बुझाई छाडिएको हो ।मेयर साह स्वयम् प्रहरी परिसरमा छलफलका लागि आएको र छलफल पश्चात उनलाई छाडिएको डिएसपी न्यौपानेले बताउनुभयो ।

फोनमा धम्की दिनु सामान्य प्रकृतिको घटना भएको भनि मेयर साहले तत्कालका लागि कुनै कारवाही नगर्ने भनि सहमति भएपछि गिरीलाई छाडिएको डिएसपी न्यौपानेको भनाइ छ ।


सम्बन्धित समाचार