Logo

४ माघ,पर्सागढि । अत्याधिक चिसो र शितलहर बढेसंगै पर्साको पर्सागढि नगरपालिकाले आजदेखि दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।

पर्सागढि नगरपालिकाले डिभिजन वन कार्यालय पर्सालाई दुई चाँटा दाउराको माग गरेको थियो । त्यसमध्ये वन कार्यालयले सब डिभिजन वन कार्यालय सखुवनियामार्फत एक चाँटा दाउरा मात्र उपलब्ध गराएको हो । प्राप्त दाउरा पर्सागढी नगरपालिकाको वडा नंं ५ र ८ को जिम्मा लगाइएको नगरप्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडा कार्यालयहरुमार्फत विभिन्न स्थानमा आगो बाल्ने ताप्ने व्यवस्था मिलाइएको छ । उहाँले भोलि वडा नं. ६ र ७ मा चिसोबाट केहि राहत पु¥याउन आगो ताप्ने व्यवस्था मिलाउन दाउरा खसालिने बताउनुभयो ।

अन्य वडाहरुमा समेत वन कार्यालयले दाउरा उपलब्ध गराउने बित्तिकै आगो ताप्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

 


सम्बन्धित समाचार