Logo

४ माघ,वीरगञ्ज । चिसोबाट बचाउन बीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ ले कम्बल वितण गरेको छ ।

महानगरको वडा नम्बर १२ मा रहेका ज्येष्ठ नागरिक र एकल महिला गरी ३९१ जनालाई कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ( ज्येष्ठ नागरिक, एकल महिला तथा विपन्न वर्गलाई कम्बल वितरण गर्ने कार्यक्रम रहेको बारे सुचना प्रकाशित गरिएको वडा कार्यालयले जनाएको छ।

कम्बल वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुको आफ्नो निगरानीमा लाभग्राहीहरुलाई कम्बल वितरण गराएको जनाइएको हो ।

 


सम्बन्धित समाचार