Logo

५ माघ,बारा ।बाराको जीतपुरमा फुटपाथ ब्यवस्थापन गर्ने नाममा नालामाथि ब्यपार भईरहेको छ ।फुटपाथका ब्यपारिहरु नालामाथि नै खाँट , ठेला र काँठ वा बाँसको मञ्चान बनाई ब्यपार गरिरहेको भेटिन्छन् ।

बिरगंज पथलैया राजमार्गमा बनाईएको नालामाथि ब्यपारीहरुले चमिन ,मःम ,अण्डा ,चटपटे ,चाट ,जुत्ता चप्पल ,फलफुल लगायतका समानहरु बेच्ने गरेका छन् । जीतपुरमा साँझ हुँदै गएपछि नालामाथि ब्यपार गर्नेको सङ्ख्या बढ्दै जान्छ ।

एकले अर्काको ठाउँमा ब्यपारब्यवसाय गरेको भन्दै दिन्हुँ झै झगडा हुने गर्दछ ।नालामाथि ढक्कन नलगाईएका कारण ब्यपार ,ब्यवसाय गर्न जोखिमपुर्ण नै रहेको ब्यवसायीहरु बताउँछन् ।

जीतपुर बजारमा एउटा सटर भाडामा लिन ३ लाख देखि १० लाख रुपैया सम्म एड्भान्स रकम घर साहुँलाई तिर्नुपर्ने हुन्छ । अनि प्रति महिना ८ हजार देखि २० हजार रकम प्रत्येक महिना तिर्नुपर्ने बाध्यता रहेको छ ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले फुटपाथ ब्यवस्थापन गर्ने नाममा नालामाथि ब्यापार ,ब्यवसाय गराउन लगाउँनु नेपालमा यस्तो कहिँ नभको बताए । यसले जीतपुर बजारलाई सुन्दर बनाउँनु भन्दा कुरुप बनाएको जिकिर गरे ।

यसले दुर्घटनाको जोखिम निमत्याउँछ, त्यसैले फुटपाथ ब्यवसायलाई नगरपालिका र वडा कार्यालय आपसी समन्वयमा छुट्टै कुनै राम्रो ठाउँमा ब्यवस्थापन गर्नुपर्छ ,अध्यक्ष लामिछानेले भने ,नालामाथि ब्यवसाय गर्नेहरुको कारण सटरमा ब्यपार ब्यवसाय गर्ने मर्कामा परेका छन् । केही महिना अगाडि वडा कार्यालयले फुटपाथका ब्यपार ,ब्यवसाय हटाई फुटापाथ खालि गराएको थियो ।

फुटपाथ ब्यवसायीहरुलाई पाडा बजार नजिकैको जग्गामा ब्यपारब्यवसाय गर्न दिएको थियो । तर फुटपाथ ब्यवसायीहरुले त्यहाँ ब्यपार ,ब्यवसाय नचलेको भन्दै जीतपुर बजारको नालामाथि पसल राखि ब्यपार ब्यवसाय गरिरहेका छन् ।

बिरगंज पथलैया राजमार्गको नालामाथि ब्यपार ब्यवसाय भईरहँदा पनि राजमार्ग कार्यालय र जनप्रतिनिधि कोही बोलेका छैनन् । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले राजमार्ग क्षेत्रभित्रको अवरोध हटाउँने कुरामा राजमार्ग नै अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

राजमार्गले अग्रसरता लिएको खण्डमा जीतपुरसिमरा उपमहानगरपालिकाको साथ र सहयोग हुने बताए । यता सड्क मार्गको कार्यालयले भने जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाले साथ र सहयोग नगरेको बताउँछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाबाट गुदरी बजारको ठेक्का सकारेको ठेक्दारले नियमबिपरित नालामाथि ब्यपार गर्ने ब्यपारीहरुसँग प्रत्येक पसल दैनिक रु ३० उठाउँने गर्दछ ।


सम्बन्धित समाचार