Logo

५ माघ,वीरगञ्ज । मधेश प्रदेशमा आज माघ ५ गते बलिदानी दिवस मनाईदै छ ।

मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ । यसवर्ष बलिदानी दिवसको अवसर पारेर पर्साको वीरगञ्ज मा विशेष कार्यक्रम गर्दैछ ।

वीरगञ्जको नगरसभा गृहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यतामा आज छैठौं बलिदानी दिवस मनाउने तयारी गरेको जसपा पर्साका सचिव तवरेज अहमदले जानकारी दिनुभयो ।

बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 


सम्बन्धित समाचार