Logo

५ माघ वीरगञ्ज । वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा आज ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले जित हात पारेका छन् ।

आज ग्लोबल र सेन्ट जेभियर्स तथा वीरगञ्ज पब्लिक कलेज र अल्पाइन स्कुलबिच खेल भएको थियो । नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा ग्लोबलले सेन्ट जेभयर्सलाई ३७ रनले हराएको हो ।

टस जितेर ब्याटिङ रोजेको ग्लोबलले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका लागि रोहन कुमार साहले सर्वाधिक ५२ रन बनाए ।

विवेक यादवले ४५ रन जोडे । उस्तै रितिक पटेलले ४ रन खेले । बलिङतर्फ बिकास कुमार पटेल र सागिर मियाँले २÷२ विकेट लिए । यस्तै सन्देश कुमार पटेलले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेभियर्स १७ ओभर ३ बलमै पूरै विकेट गुमाएर ८९ रनमै समेटियो । जेभियर्सका लागि सन्देश कुमार पटेल ३२ र असरफ अन्सारीले १९ रन जोडे ।

बलिङमा ग्लोबलका आदर्श भण्डारी र रोहन कुमार साहले क्रमशः ३÷३ विकेट लिए । भने सुजल सर्राफले १ विकेट लिए ।

यस्तै आजै भएको दोस्रो खेलमा वीरगञ्ज पब्लिक कलेज बिजयी भएको हो । वीरगञ्ज पब्लिकले अल्पाइनलाई ३ विकेटले पराजित ग¥यो ।

टस जितेर ब्याटिङ गरेको अल्पाइनले १५।२ ओभरमा पूरै विकेट गुमाएर ६६ रनको सामान्य लक्ष्य दिएको थियो । उसका लागि मनिष पटेल १४ र इसरार अहमदले १२ रन बनाए । बलिङमा राहुल बैठा, बालमिकी राउत कुर्मी र जादुवंशी बैठाले क्रमशः २÷२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्ज पब्लिकले ११।४ ओभरमै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

खेलमा अफसर हुसेनले १७ र जादुवंशी बैठाले १२ रन बनाए । बलिङतर्फ जायद आलम अन्सारीले ३, नवराज अधिकारी र रञ्जित चौहानले २÷२ विकेट लिए ।

आजको खेलमा रोहन कुमार साह र जादुवशीं बैठा म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार