Logo

५ माघ, वीरगञ्ज । वीरगन्जको दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा एक सय १६ पोका रगत संकलन भएको छ । प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्ट वीरगन्ज र राष्ट्रिय वाणिज्य बैँक मधेश प्रदेशको आयोजनामा छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा १ सय १६ पोका रगत संकलन भएको हो ।

प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्टले आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पस अगाडि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ४ जना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय वाणिज्य बैँकले आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान सम्पन्न गरेको छ । राष्ट्रिय बाणिज्य बैंक मधेस प्रदेशको प्रादेशिक कार्यालय वीरगन्ज परिसरमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा ५ महिलासहित ४६ जनाले रक्तदान गरेका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार