Logo

६ माघ,वीरगञ्ज । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको पुर्वसन्धयामा युवाहरु मठमन्दिर सरसफाईमा तिव्रता दिएका छन ।

शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता र परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको मन्दिरमा स्थानीय युवाहरु सरसफाई गरेका छन ।

लिपनीविर्तामा रहेको श्री राम जानकी मन्दिर , संसारीमाई मन्दिर र लिपनीमालको श्री राधाकृष्णा मन्दिरमा सरसफाई गरेका हुन ।

श्रीराम जानकी मन्दिरका अध्यक्ष संजय मण्डलको अगुवाईमा लिपनीविर्ताको दुई वटा मन्दिर र अर्को युवा दिपक यादवको अगुवाईमा लिपनीमालको राधाकृष्णा मन्दिर सरसफाई भएको राजन उपाध्यायले जानकारी दिए ।

भगवान् रामको जन्मभूमि अयोध्यामा निर्माण भएको राम मन्दिरको २२ जनवरीमा प्राण प्रतिष्ठा समारोहको आयोजना गरिएको छ।

सरसफाई कार्यक्रममा परवानीपुरका लोकप्रिय युवा समाजसेवी सुबोध श्रीवास्तव , ध्रुप साह , धुरेन्द्र साह , त्रिलोकी कुशवाहा , सोनालाल मण्डल , सुनिल मण्डल , रमेश साह कानु ,कष्णा यादव , सुरेश यादव , रवि राम लगायत सहभागी थिए ।

यस्तै लिपनीमालका युवाहरु बलराम सरार्फ , अमित रौनीयार , दिपेश यादव , रमेश सरार्फ , राहुल सरार्फ , कन्हैया यादव , राजेश सरार्फ , धर्मेन्द्र रौनीयार लगायतका स्थानीय करिब एक सय जना युवाहरुको सहभागीता रहेको थियो ।

 


सम्बन्धित समाचार