Logo

७ माघ,वीरगञ्ज । वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकखण्डमा आज बिहान करिब ३ बजेको समयमा भएको मोटरसाईकल दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाईकल टुक्रा टुक्रा भएको छ । तीब्र गतिका कारण मोटरसाईकलमा सवार दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन सकेको छैन ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । कबिहान मर्निङ वाक जानेहरुले मोटरसाईकल दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको प्रहरी टोली घटनस्थल पुगेर मृतकको लाश नारायणी अस्पतालमा पु¥याएको हो ।

उनीहरुको सनाखत गर्ने काम भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार नेशनल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हुनसक्ने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार