Logo

७ माघ,बारा । गाउँघरमै उपभोक्ताहरुलाई उनीहरुको घरदैलोमा नै स्वास्थ्य सेवा पुरयाउँने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरामा स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

गढीमाई साझेदारी बन उपभोक्ता समितीको आयोजनामा भएको शिबिरमा २ सय ९४ जनाले स्वास्थ्य चेकजाँच गराएको शिबिर संयोजक रमेश यादबले जानकारी दिए ।

जसमा १ सय ६२ जना पुरुष र १ सय ३२ जना महिला रहेका छन् । एभरग्रिन तराईसिमरा अस्पताल सिमराको प्राबिधिक सहयोगमा भएको निशुल्क शिबिरमा बरिष्ठ कन्सल्टेन्ट तथा फिजिसियन ,बालरोग बिशेषज्ञ ,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ ,हाड जोर्नि तथा नशा रोग बिशेषज्ञ र जनरल ल्याप्रोस्कोपिक सर्जन चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।

शिबिरमा जीतपुर ,बकुलिया ,ईमलिपर्ती ,नितनपुर ,छातापिपरा लगायत ठाउँबाट आएका बिरामीहरुले स्वास्थ्य सेवा लिएर लाभान्वित भएका थिए ।बिरामीहरुको चेकजाँच गरी शिबिरमा बिभिन्न रोगको औषधी निशुल्क बितरण गरिएको थियो ।

शिबिर सुरुहुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोतिलाल राउतले गरेका थिए ।

गढीमाई साझेदारी बन उपभोक्ता समितीका अध्यक्ष रामएकवाल साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.८ का वडा अध्यक्ष शिवशंकर महत्तो , डिभिजन बन कार्यालय बाराका अधिकृत जवाहर प्रसाद कुर्मि ,सब डिभिजन बन कार्यालय पथलैयाका अधिकृत ललन राउत ,एभरग्रिन तराईसिमरा हस्पिटलका सि.ओ. सदाम हुसेन ,गढीमाई साझेदारी बनका नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन छोटेलाल चौधरीले गरेका थिए ।

 


सम्बन्धित समाचार