Logo

७ माघ,वीरगञ्ज । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै आज मधेश प्रदेशको जनकपुरमा अभिमुखीकरण कार्यक्रम राखेको छ ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले जनकपुरमा अभिमुखीरकण कार्यक्रमको आयोजना गरेको हो
राष्ट्रिय सभा निर्वाचन समन्वय समिति (गठबन्धन दल) मधेश प्रदेशले जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको एक प्रदेश सांसदले जनाए ।

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन मधेश प्रदेश सभा सदस्य एवम स्थानीय तहका नगर प्रमुख-उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि अभिुमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ ।
मधेश प्रदेशका८वटै जिल्लाबाट प्रदेश सांसदहरु, मेयर÷उपमेयर तथा पालिका प्रमुख-उपप्रमुखहरुको कार्यक्रममा सहभागीता रहेको बताइएको छ ।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारद्वय आनन्द ढुंगाना र पूजा चौधरीको नाम छ । यी दुई उम्मेदवारलाई जिताउनका लागि छलफल तथा अभिमुखीकरण कार्यक्रम राखिएको मधेश प्रदेश समितिले जनाएको छ ।

गठबन्धनले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रचारप्रसार समिति संयोजक रमेश लेखक, सदस्यहरु माओवादी नेता वर्षमान पुन, जसपा नेता मनिष सुमनसहितका प्रतिनिधिहरुको उपस्थिति छ ।

 


सम्बन्धित समाचार