Logo

७ माघ,वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्र नारायणकाजी श्रेष्ठले कारागारलाई सुधार गृहको रुपमा विकास गर्दै लैजानुपर्ने सुझाव दिएका छन् ।

सर्लाहीको मलंगवामा रहेको कारागारको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । यसको साथै गृहमन्त्री श्रेष्ठले कारागारमा रहेका कैदीबन्दीहरुको जीवनशैलीमा समेत परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताए ।

उनले भने,‘कारागारलाई अब तपाइहरु सुधार गृहको रुपमा विकास गर्नुपर्छ, यहाँ योगा सञ्चालन गर्नुपर्छ । ताकी कैदीबन्दीहरुमा सकारात्मक परिवर्तन आओस,यतिमात्र गरे कैदीबन्दीहरुको जीवनशैली ठूलो प्रभाव पर्नेछ ।’

सर्लाहीको मलंगवास्थित लामो समयदेखि बन्द जिल्ला कारागार आजदेखि सञ्चालन भएको छ ।
जीर्ण हुँदा बन्द भएको कारागार मर्मत सम्भारपछि आजदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिलालेखको अनावरण तथा रिबन काटेर उद्घाटन गरेपछि जिल्ला कारागार सञ्चालनमा आएको हो
सर्लाहीका सीडीओ कोमल प्रसाद धमलाका अनुसार ०६९ सालको माघमहिनादेखि बन्द जिल्ला कारागारको जीर्ण हुँदा बंद गरिएको थियो ।

जिल्ला कारागारमा १६० जना पुरुष र ५० जना महिला गरी २१० जना अट्ने क्षमता रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले बताएको छ ।
कारगार बन्द हुँदा यहाँका कैदीलाई सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरिएको थियो ।

 


सम्बन्धित समाचार