Logo

७ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २३ औँ सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटरको परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ५० जनाले रगतदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका सौरभराज पाण्डेले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी वीरगंजको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।


सम्बन्धित समाचार