Logo

७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका आलु र प्याज लोड रहेको मिनी ट्रक पक्राउ गरेको छ । बिल विजक भन्दा बढी आलु र प्याज बोकेको मालबाहक मिनी ट्रक मकवानपुरतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोहीको आधारमा चेकजाँच गर्दा वीरगञ्ज–९ मिनाबजारस्थित सडकखण्डबाट मिनी ट्रक पक्राउ गरेको हो ।

प्रहरीले बा प्र–०३–००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी कुमारबिक्रम थापाले जानकारी दिनुभयो । ट्रक रोकेर जाँच गर्दा बिल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

बरामद आलु प्याजको मूल्यांकन एक लाख २४ हजार ५६० रुपैँया कायम गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनायो ।


सम्बन्धित समाचार