Logo

७ माघ,पोखरिया । वीरगञ्ज लेडिज सर्कलले आज जिराभवानीको २ सय जना किशोरीहरुलाई ब्याग वितरण गरेको छ ।

जिराभावानी गाउँपालिकामा आसमान नेपालले संचालन गरेको “बालिकालाई पछाडि नपारौ” परियोजना अन्तर्गतका दुईसय किशोरीहरुलाइ ब्याग वितरण गरेको हो । किशोरीहरुलाई सिकाइ केन्द्रमा पढ्न आउँदा कपी किताब राख्न र भोलीको दिनमा विद्यालय जान पनि ब्याग आवश्यक भएकोले वितरण गरिएको सर्कलका अध्यक्ष प्रिती खेतानले जानकारी दिनुभयो ।

उहाँले विद्यालय जाने उमेरका बालिकाहरूलाई पढाइका लागि आवश्यक पर्ने स्टेशनरी, ब्याग लगायतका सामग्रीहरु सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा सदस्य दसरथ दहैत, सर्कलका सदस्यहरू खुश्बु सिघांनिया, अनामिका पुजारी, निधि सोनम, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार