![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/Ex-King-Gyanendra-Shah_Bhaktapur-10.jpg?fit=2048%2C1365&ssl=1)
८ माघ,वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह दुइ सातादेखि मधेश प्रदेशमा छन् । बारा सिमरास्थितको ‘प्रभु वास’ निवास १५ दिनदेखि बस्दै आएको जनाइएको छ ।
गएको २३ गतेदेखि सिमराको प्रभु शम्शेर जबराको निवासलाई परिवारसहित बस्दै आएको बताइएको छ ।
नातामा आफ्न्त पर्ने भएकोले पूर्वराजासहितको परिवारको यही बसोबास रहेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिराबहादुर चन्दले बताए ।
उनका अनुसार २३ गते भैरहवाबट सडकको बाटो हुँदै पूर्वराजा सिमरा आइपुगेका हुन् । मधेश प्रदेशलाई लक्षित गर्दै भ्रमणमा रहेका पूर्वराजा शाह प्रभु निवासलाई सेल्टर बनाएर बसेको पुष्टि गरे ।
कहाँकहाँ भयो पूर्वराजाको भ्रमण ?
धार्मिक भ्रमण तथा नागरिक अभिनन्दनको नाममा पूर्वराजा मधेश प्रदेशसहितका जिल्लाहरुमा भेटघाट गरिरहेका छन् ।
मधेश प्रदेशको सर्लाही बरहथवामा रहेको मुक्तकेश्वर, रौतहटको शिवनगर मन्दिर, बाराको गढीमाइ मन्दिर, बीरगन्जको गहवमाइ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेको राष्ट्रिय नागरिक संघर्ष समितिले जनाएको छ ।
स्रोतका अनुसार यसैगरी हिजोमात्रै पूर्वराजाले बीरगन्जको समेत भ्रमण गरेका छन् । बीरगन्जको गहवामाइ मन्दिरको दर्शन गरेर पूर्व राजा फर्केको बताइएको छ ।
यसैगरी १३ माघमा बीरगन्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन कार्यक्रमसमेत राखिएको छ । यो कार्यक्रम सकेपछि थप अन्य कार्यक्रम तय गरिने बताइएको छ ।
पुष २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यहि शनिवार माघ १३ गते हुने उनले बताए । प्रतियोगीतामा १० वटा स्कुल तथा कलेजले सहभागिता जनाएका थिए