Logo

९ माघ,वीरगञ्ज । भारतीय नागरिक अजित कुमार सिंहको हत्या गरि फरार रहेका सुटर समुहका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । सिंहको हत्या भएको चार महिनापछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

गत असोज ९ गते बाराको पचरौता नगरपालिका वडा नं ६ नेपाल भारत सीमा नजिकको लक्ष्मिनिया स्थित पोखरी नजिक भारतको जिल्ला मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने २२ वर्षिय अजित कुमार सिंहलाई गोली हानी हत्या गरिएको थियो । सिंहको हत्या गरि फरार रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेको बारा प्रहरी बताउँछ ।

पक्राउ पर्नेमा भारतको जिल्ला मोतिहारी, दर्पा थाना ग्राम पंचायत तिनकोनी वडा नं. १ सुक्लहिया टोल बस्ने २२ वर्षिय रुपेश कुमार महतो रहेको प्रहरीले जनायो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कलैयामा उपस्थित गराईएको बाराका सूचना अधिकारी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।


सम्बन्धित समाचार