Logo

९ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै छोरीको हत्या गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा पाँच महिना अगाडि भेटिएको एक महिलाको हत्यामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिका निवासी हरेन्द्र महतोलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । गएको भदौंको दोस्रो साता जिराभवानी गाउँपालिकामा टाउँको नभएको एक महिलाको शव फेला परेको थियो ।

जिराभवानीको हुलाकी सडकखण्डस्थित इमृती खोलामा टाउँको नभएको अवस्थामा शव फेला परेको थियो । कुहिएको अवस्थामा खोलाको डीलमा शरीर मात्रै भएको शव फेला परेको प्रहरीले जनाएको थियो ।


सम्बन्धित समाचार