Logo

९ माघ,वीरगञ्ज । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए । पार्टीका सचिव बिपी साहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए ।

उनका अनुसार केन्द्र सरकारबारे भने केही निर्णय भएको छैन । जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ ।

राष्ट्रिय सभामा जनमतले कम्तीमा एक सिट पाउनुपर्ने दाबी गरेको थियो । तर सत्ता गठबन्धनका अन्य दलले जनमतलाई सिट नदिएपछि अध्यक्ष सिके राउत रूष्ट हुँदै बालुवाटारबाट बाहिरिएका थिए । जनमतले मधेश र लुम्बिनीमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवारसमेत खडा गरेको छ ।

त्यसपछि जनमतलाई गठबन्धन बैठकमा बोलाउन छाडिएको छ ।


सम्बन्धित समाचार