Logo

१० माघ,वीरगञ्ज । वीरगञ्जमा नयाँ पार्टी गठन भएको छ । जन अधिकार पार्टी नेपाल केन्द्रिय कार्य समिति केन्द्रिय कार्यालय वीरगञ्ज घोषणा गरिएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरि नयाँ पार्टीको घोषणा भएको हो ।

सघिंयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवाद, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद, जाप नेपाल नै किन ? भन्ने नारासहित पार्टी घोषणा गरेको राष्ट्रिय अध्यक्ष इमदाद गद्दीले जनाए ।

हालका लागि सात सदस्सीय केन्दिय कार्य समिति रहने गरि पार्टी गठन भएको उनले बताए । जसको केन्द्रिय सदस्यहरुमा उदय प्रसाद कानु, ब्रिजकिशोर प्रसाद साह, त्रिलोकी पाण्डे, रामबालक दास तत्वा, आँचल सिंह र गिता चौहान रहेका छन् ।

नेपाली समाजमा जातिय, वर्गीय तथा वर्ण लेषिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न पार्टी गठन गरिएको अध्यक्ष गद्दीको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गद्दीले बहिष्करणमा पारिएका सिमान्तकृत समुदाय, पिछड़ा वर्ग लगायत उत्पीडित समुदाय÷जातीहरुको उत्पीडन, शोषण र विभेदबाट मुक्त गर्न आफ्नो पार्टी प्रतिवद्ध रहने दाबी गरे ।

यस्तै समावेशी लोकतन्त्र र समतामुलक समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधि सभा र प्रतिनिधि सभाद्वारा निर्वाचित प्रधानमन्त्रीय प्रणालीको व्यवस्था, न्याय प्रणालीलाई संघिय पुर्नसंरचना, भ्रष्टाचारको अन्त्य गर्न जन अधिकार पार्टी निरन्तर लागि पर्ने उनले जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारी पर्सा अध्यक्ष तुलसी भण्डारी, पत्रकारहरु पंकज श्रेष्ठ, राधेश्याम पटेल, प्रणय साह, लगायतको उपस्थिती थियो ।

CamScanner 01-24-2024 15.57


सम्बन्धित समाचार