Logo

१० माघ,वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नम्बर ४ की क्यान्सर पीडित शर्मिला माझीलाई आर्थिह सहयोग उपलब्ध गराइएको छ । युथ अफ निजगढले क्यान्सर पीडित माझीलाई दश हजार १ सय रुपैँया आर्थिक सहयोग गरेको हो ।

क्यान्सर भएर किमो थेरापी गराईरहेकी २१ वर्षिया माझीको परिवारको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरेको अध्यक्ष बजगाँइले जानकारी दिनुभयो ।

क्यान्सर पीडित माझीका ससुरा दिलबहादुर माझीलाई नगद सहयोग रकम हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
क्लबले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही कार्यलाई निरन्तरता दिईएको अध्यक्ष बजगाँइको भनाइ छ ।

 


सम्बन्धित समाचार