Logo

१० माघ,वीरगञ्ज । दुई महीनादेखि बन्द रहेको बाराको सिम्रौनगढ नगरपालिका सञ्चालनमा आएको एक महीनाभन्दा बढी भइसक्दा पनि कर्मचारीहरूले तलब पाउन सकेका छैनन् ।

सिम्रौनगढ नगरपालिका अन्तर्गतका करार, अस्थायी, ज्यालादारी कर्मचारीहरूले तलबको माग गर्दै दुर्ई महीनादेखि धर्नामा बस्दै आएका थिए । पुस ८ गतेदेखि सिम्रौनगढ नगरपालिकालगायत सिम्रौनगढभित्रका विद्यालय, नगर अस्पताल र वडाहरूको कामकाज शुरू गरिएको थियो ।

तत्कालिन बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा कलैयामा बसेको बैठकमा आन्दोलनरत कर्मचारीबीच तीन बुँदे सहमति भएर पुस १५ गतेभित्र नगरसभा गरी कर्मचारीहरूलाई तलब दिने सहमति बने पनि अहिलेसम्म सो सहमतिको पालना भएको छैन ।

नगरसभा अहिलेसम्म नभएकोले कर्मचारीहरूले तलब पनि पाएका छैनन् ।


सम्बन्धित समाचार