Logo

११ माघ,जनकपुर । राष्ट्रियसभा निर्वाचन मधेश प्रदेशमा सुरु भएको छ । जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

मधेश प्रदेशबाट मतदान प्रक्रियामा १०७ प्रदेश सांसदसहित ३७४ जना भाग लिदैछन । बिहानदेखि सुरु भएको मतदान दिउसो ३ बजेसम्म जारी रहेनेछ।
मधेश प्रदेशमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालय अनुसार मधेश प्रदेश सत्ता गठबन्धनबाट आनन्द ढुङ्गाना र पुजा चौधारीको उम्मेदवारी परेको छ भने एमालेबाट उशादेबी थारु कुमारी बिजेता झाको परेको छ ।यसैगरी जनमतबाट रामशन्कर महाशेठको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकृत नबिन चौधरीले जनाए ।


सम्बन्धित समाचार