Logo

फाइल तस्विर

११ माघ,वीरगञ्ज । पर्सा जिल्लाका स्थानीयबासिन्दा जंगली जनावरका कारण क्रसित बनेका छन् । जिल्लाका सखुवाप्रसौनी तथा पटेर्वासुगौलीका स्थानीय जंगली जनावरका कारण आजित बनेका हुन् ।

जंगलसँग सिमा जोडिएका यी पालिकामा जंगली जनावर बस्ती पसेर घर तथा अन्नवालीमा क्षती पु¥याउँदा स्थानीय आजित बनेका छन् ।

मंगलबार राती जंगलबाट आएको हात्तीले पटेर्वासुगौलीमा स्थानीयको घर भत्काएर क्षती पु¥याएको प्रहरी निरिक्षक रामराज केसरीले जनाए । उनका अनुसार पटेर्वासुगौली वडा नं.१ भाथा टोल तथा वडा ३ का स्थानीयको घर भत्काएको छ । जंगली हात्तीले अन्नवाली समेत खाएर नष्ट पारिदिएको छ ।

वडा नं. १ का स्थानीय श्यामसुन्दर महतो यस्तै वडा नं. ३ का रमेश चौधरी, सहदेव चौधरी र ध्रुव सहनीको घर हात्तीले भत्काएको छ । रामपुरमा रहेको रामजानकी मन्दिर पनि जंगलबाट आएको हात्तीले भत्काएको उनले बताए ।

बाघको आक्रमणबाट गाई गम्भिर

मंगलबार राती नै पर्साको सखुवाप्रसौनीमा बाघले आक्रमण गरि एउटा गाईलाई गम्भिर घाइते बनाएको छ ।

गाउँपालिकाको वडा नं.१ खजुरियास्थित बुधन यादवको गाईगोठमा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा गाई गम्भिर घाइते भएको प्रहरी निरिक्षक केसरीले बताए ।

स्थानीयले होहल्ला गर्दै आगो बालेर बाघलाई भगाएका प्रहरी बताउँछ । जंगलसँग सिमा जोडिएका बस्तीमा अहिले जंगली जनावरले उपद्रो मच्चाएको उनी बताउँछन् ।

उनले भने, ‘जंगल नजिक भएको बस्तीमा रातको समयमा एक्कासी जनावर आएर क्षती पु¥याउने गरेका छन्, पुस ९ गते बाघले मान्छे खाएर पछि यो निरन्तर झै बस्ती पस्त थालेको छ ।’ उनका अनुसार पुस ९ गते पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा मान्छे खाने पनि यहि बाघ हो भन्ने प्रहरी आँकलन छ ।

प्रहरी निरिक्षक केसरीले मंगलबार रातीको घटनाबारे पर्सा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएको जनाए ।

सतर्क रहन वन कार्यालयको अनुरोध

डिभिजन वन कार्यालय पर्साले जंगली जनावर बाघबाट सतर्क रहन आग्रह गरेको छ । जिल्लाको रंगपुर, मनवा, बढनिहार, बसन्तपुर र सबैया क्षेत्रमा बाघ देखिएकाले सतर्क रहन आग्रह गरेको हो ।

सहायक वन अधिकृत फरमान मिँयाले आज एक सूचना जारी गर्दै यि क्षेत्रहरुमा बाघ देखिएकाले सुरक्षित रहन अनुरोध गरे । उनले वन जंगलमा घासँ दाउरा गर्न नजान, रातको समयमा घर बाहिर ननिस्कन र निस्किनै परे सावधानी अपनाउन आग्रह गरे ।

यस्तै वन क्षेत्रमा अनावश्यक प्रवेश गरि बाघको आक्रमणमा परे सोको क्षतीपूर्ति दिन डिभिजन वन कार्यालय पर्सा बाध्य नहुने सहायक वन अधिकृत मिँयाद्वारा जारी सूचनामा उल्लेख छ ।


सम्बन्धित समाचार