Logo

१२ माघ,वीरगञ्ज । प्रेस सेन्टर नेपालको भोलीदेखि तीन दिने बैठक एवम स्थापना दिवस बीरगञ्जमा सुरु हुने भएको छ ।राष्ट्रिय परिषद् बैठक एवम २० औं स्थापना दिवसको कार्यक्रम भोलीदेखि बीरगञ्जमा सुरु हुने प्रेस सेन्टरले जनाएको छ ।

कार्यक्रममा देशभरिबाट ५ सयको हाराहारीमा प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।कार्यक्रमको अन्तिम दिन अर्थात् १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुनेछन् ।

यसैगरी सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ ।प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा भइरहेको कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा कार्यक्रम हुने भनिएको छ ।

योसंगै प्रेस सेन्टर नेपालले बीरगञ्जमा १५ गते विहानै प्रभात फेरिको कार्यक्रम राखिएको प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले बताए ।


सम्बन्धित समाचार