Logo

१२ माघ,काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान जाँचको क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको आरोप लागेको हो।

शुक्रबारको ड्युटी सकेर अराइभलतर्फ फर्किने क्रममा प्रहरीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असम्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेको आरोप लागेको छ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले पनि प्रहरीले कुटपिट गरेको बताएका छन्। प्रहरीले कुटपिट गरेको पाइएपछि दुवै पक्षबीच छलफल समेत गराइएको उनले बताए।

सीसीटीभीमा समेत अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको बताइएको छ। यसबारे विमानस्थलका डीआईजी अर्जुन चन्दलाई फोन गर्दा उनको नम्बर उनका सहयोगीले उठाएर चन्द मिटिङमा रहेको नेपाल लाइभलाई बताए।


सम्बन्धित समाचार