Logo

१२ माघ,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्सामा नेतृत्व चयनको विषयमा आपसी सहमति नहुँदा समानान्तर समिति गठन भएको छ ।
जिल्ला कार्यसमितिको चयनको विषयमा आपसी सहमति नजुट्दा समानान्तर समिति गठन भएको हो ।

संगठनमा शीर्ष तहका नेताहरु २ खेमामा विभाजित भएपछि जिल्ला कमिटि पनि २ वटा गठन भएको एक सदस्यले जनाए ।
विवाद उत्पन्न हुँदा निवर्तमान अध्यक्ष मनोज पटेलको समूहले अध्यक्षमा शम्भुकुमार सुमनको नेतृत्वमा १७ सदस्यीय समित चयन गरेको छ ।

भने निर्वतमान सचिव अजय चौरसियाको समूहले आसमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।

दुबै समूहले विवाद सल्टाएर एउटै समिति बनाउँन धेरै कसरत गरेको थियो । तर अन्तिममा सहमति जुट्न नसकेपछि छुट्टाछुट्टै समानान्तर समिति गठन गरिएको जनाइन्छ ।
सुमन नेतृत्वको भेला बीरगञ्जको होटल वृन्दावनमा सम्पन्न भएको थियो भने मियाँ समूहको माइस्थानमा भएको थियो ।


सम्बन्धित समाचार