Logo

१३ माघ,वीरगञ्ज । मधेश प्रदेशको सरकारले सदनबाट चाडै विश्वासको मत लिने तयारी गरेको छ । सकरामा सहभागी दल जनतम लिने समर्थन फिर्ता लिएपछि प्रदेश सरकारले सदनबाट विश्वासको मत लिने तयारी गरेको हो ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले चाँडै विश्वासको मत लिने तयारी गरेको स्रोतको दाबी छ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवको सरकारले यही साताभित्र विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सरोज यादवसंग भएको कुराकानी गर्दै भने,‘म अहिले जिल्लामा छु, ३÷४ दिनमा जनकपुर फर्किन्छु । त्यसपछि गठबन्धन दलहरुसंग छलफल गर्छु, अनि विश्वासको मत लिन्छु । तर त्यो भनेको यही साताभित्रै हो,विश्वासको मत लिने ।’

सत्तारुढ दलबाट कुनै दलले समर्थन फिर्ता लिएपछि संविधानमा भएको व्यवस्थाबमोजिम सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । त्यही प्रावधानबमोजिम प्रदेश सरकारले विश्वासको मत लिन लागेको हो ।

९ माघमा जनमत पार्टीले संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएको थियो ।


सम्बन्धित समाचार