Logo

१४ माघ,वीरगञ्ज । यसवर्षको गोतामे पत्रकारिता पुरस्कार पत्रकार बद्री विनोद प्रतिक खनाललाई दिने निर्णय भएको छ ।
प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा शनिबार सम्पन्न प्रतिष्ठानको बैठकले यसवर्षको पुरस्कार खनाललाई दिने निर्णय गरेको हो ।
स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथिको अवसरमा यहि फागुन २ गते प्रदान गरिनेछ । एक तोला सुनको तक्माबाट खनाललाई सम्मानित गर्ने कार्यक्रम तय भएको सचिव हिमालचन्द्र गौतमले जनाए ।

पुरस्कृत हुने पत्रकार खनाल कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी हुन् । ०३१ सालमा अभियान साप्ताहिकदेखि पत्रकारिता पेशा अंगालेका पत्रकार खनाल हाल पोखरा हटलाइनको प्रधान सम्पादक हुन् ।

स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार वितरण सुरु गर्दै आएको छ। दश हजार नगद राशीबाट सुरु भएको उक्त पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो ।

यस्तै २०७५ सालदेखि एक तोला सुनको तक्माले उक्त पुरस्कार देशका फरकफरक विद्यामा कार्यरत पत्रकारलाई सम्मानित भइसकेका छन् ।

हालसम्म यो पुरस्कारबाट मकवानपुरका प्रताप विष्ट, विराटनगरका मोहन भण्डारी, बुटवलका डिआर घिमिरे, राजविराजका शिवहरि भट्टराई, झापाका स्व मदन ढकाल, पाल्पाका मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का भोला पासवान, भैरहवाका अर्जुन ज्ञवाली, झापाका केशव आचार्य, धनुषाकी मनिका झाले लगायत सम्मानित भएका हुन् ।


सम्बन्धित समाचार