Logo

१४ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी २० क्रिकेट प्रतियोगितामा साउथ जोन माविले जित निकालेको छ ।

साउथ जोनले ओम नेशनललाई एकसय ४६ रनको फराकिलो अन्तरले हराएको हो । वीरगञ्जको आर्दशनगर खेल मैदानमा सम्पन्न खेलमा टस जितेर साउथ जोनले पहिले ब्याटिङ रोज्यो ।

उसले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा दुई सय ४४ रनको विशाल लक्ष्य बनायो ।

जवाफी ब्याटिङ गरेको ओम नेशनल १९.३ ओभरमा पूरै विकेट गुमाएर ९८ रनमै आउट भयो ।खेलमा राजन साह म्यान अफ म्याच घोषित भए ।


सम्बन्धित समाचार