Logo

१५ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ७ स्थित माइस्थान बालविद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयका बालबालिकाका लागि न्यानो कपडा वितरण गरिएको छ । उपकार सेवा नेपाल तथा शिवशक्ति घ्यू उद्योग प्रालि जितपुरसिमराको संयुक्त सहयोगमा न्यानो कपडा बाडिएको हो ।

विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरि दुई सय जनालाई स्विटर, दुई सय थान टोपी, १० जोडी जुत्ता वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा तथा शिवशक्ति उद्योगतर्फका लेखा प्रमुख ललित कुमार शर्मा, प्रशासकिय अधिकृत प्रमोद कुमार पटेल, समाजसेवी अशोक कुशवाहा लगायतको टोलीले सामग्री वितरण गरेका थिए ।

कार्यक्रमा विद्यालयका प्रधानाध्यापक रामाधार साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदेश लाखे सदस्य लायन नरोत्तम पाण्डे, बबिता अधिकारी लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन उमेश गुप्ताले गरेका थिए ।


सम्बन्धित समाचार