Logo

फाइल तस्विर

१६ माघ,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा सोमबार चितुवाको बच्चा फेला परेको छ ।

नगरपालिकाको वडा नंं १ स्थित भटनी गाउँको उत्तरपट्टी पोखरीको डिलमा चितुवाको बच्चा फेला परेको हो ।

न्यालो प्रजातीको चितुवाको बच्चा भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा प्रहरी निरिक्षक रामराजा केसरीले जनाए ।
चितुवाको बच्चालाई वन कार्यालयको जिम्मा लगाएको प्रहरी बताउँछ ।

 


सम्बन्धित समाचार