Logo

१६ माघ,काठमाडौँ । सहिदको सङ्ख्या नेपालमा १४ हजारभन्दा बढी पुगेको छ । मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम राख्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको र ३ हजार २ सय ६१ जनाको नाम प्रकाशित हुन बाँकी रहेको जानकारी दिनुभयो ।

सहिदको मापदण्ड र जथाभावी सहिद घोषणा गर्न थालिएको भन्दै कतिपयले भने सरकारको आलोचना गर्दै आएका छन् ।


सम्बन्धित समाचार